डेरी उद्योगमा आ’गला’गी हुँदा रु ७० लाख माथिको क्ष’ति

286

मङ्गलबारे, १ चैत्र । इलामको देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आ’गला’गी हुँदा रु ७० लाख माथिको क्ष’ति भएको छ । मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन डेरी उद्योगमा आ’गला’गी हुँदा सो क्ष’ति भएको हो । आ’गला’गीबाट दुध पेल्ने मेसिन, घ्यु, छुर्पी लगायतका सामान जलेर न’ष्ट हुँदा क्ष’ति भएको वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । आ’ग’लागी दिउँसो ३ः०० बजेदेखि शुरु भएको थियो ।

स्थानीय अशेष बुढाथोकीले सञ्चालन गर्नु भएको सो डेरी उद्योगमा आ’ग’लागी नि’यन्त्रण भइसकेको छ । प्रहरी र स्थानीयले आगो नि’य’न्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताउनुभयो । नगरपालिकामा दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । स्थानीय तहले दमकल खरिद गर्नुपर्ने स्थानीय खनालको माग छ । टाढाको दमकल लैजानुभन्दा नजिकै दमकल भई दिएको भए क्षति कम हुन सक्ने उहाँको भनाइ छ ।

उद्योगमा रहेका सबै सामान जलेर न’ष्ट भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । साथै प्रारम्भिक चरणको अनुमानबाट सो क्षति भएको बताइए पनि उद्योगका प्रोप्राइटर जिल्लाबाहिर रहेकाले एकीन विवरण आउन बाँकी रहेको छ । रासस

Leave A Reply

Your email address will not be published.