अभिनेत्री आँचल शर्मा को पहिरन र गहनाको चर्चा –

403

काठमाडौ ।अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको विवाहको रिसेप्सन पार्टी आज भव्यताका साथ सम्पन्न भएको छ । हायत रेजेन्सीमा उदिपले आँचललाई हेलिकप्टरमा ल्याएका थिए जसले गर्दा सबैको ध्यान तानेको थियो ।

त्यति मात्रै होइन आँचल शर्माले लगाएको लेहेंगाको समेत अहिले सामाजिक संजालमा निकै चर्चाको विषय बन्यो । चर्चा पनि किन नहोस ! जुन आँचलले लगाएको लेहेंगा मूल्य नै १६ लाख रहेको छ । आँचलले विवाह र रिसेप्सनमा लाउने लेहेंगा केही महिना अघि नै भारतको टप डिजाइनरबाट डिजाइन गराएकी थिइन् । त्यस्तै, आँचलले विवाहमा ६० लाखको गहना लाएकी छिन् । विवाह र रिसेप्सन सम्म आँचलले ६० लाख जतिको गहना लाएकी छिन् ।

Leave A Reply

Your email address will not be published.