कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका झापाका एक व्यक्तिलाई काठमाडौँ ग्राण्डी हस्पिटल लगिएको छ

341

झापा, २ चैत । कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका झापाका एक व्यक्तिलाई उपचारका लागि आज काठमाडौँकाे ग्राण्डी हस्पिटल लगिएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेपछि ग्राण्डी हस्पिटल ल्याइएको हो ।

Leave A Reply

Your email address will not be published.