राष्ट्रपतिलाई भेटेर निवास फर्किए प्रधानमन्त्री ओली

259

काठमाडों – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन् । राष्ट्रपति भण्डारीसँग झण्डै एक घण्टा छलफल गरी प्रधानमन्त्री ओली निवास फर्केको बताइएको छ ।

प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच के बारेमा छलफल भयो भन्ने खुलाइएको छैन । प्रधानमन्त्री ओली बालुवाटार फर्किएपछि अहिले मन्त्री र राज्यमन्त्री बालुवाटर पुगेको स्रोतले जनाएको छ । आज प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुसँग छलफल गर्ने बतायएको छ ।

Leave A Reply

Your email address will not be published.